भगवतीले एकैपटक जन्माइन् तिम्ल्याहा बच्चा

  •  
  •  
  •  
  •  
  •  
  •  


उर्लाबारी / मोरङ, पथरीशनिश्चरेकी एक महिलाले एकैपटक तीनजना शिशुलाई जन्म दिएकी छिन । उनले तीन शिशुलाई जन्म दिएपछि हेर्ने मानिसको घुइँचो लागेको छ ।

पथरीशनिश्चरे–१ की भगवती खड्काले चार दिनअघि विराटनगरस्थित नोबेल अस्पतालमा एकैपटक दुई छोरी र एक छोरालाई जन्म दिएकी हुन ।

पहिलोपटक गर्भवती बनेकी भगवतीले जन्म दिएका तीनै जना नवजात शिशुहरुको अवस्था सामान्य रहेकोे भगवतीका काका कुमार खड्काले बताए ।

आमा र बच्चा दुबैको स्वास्थ्य स्थिति सामान्य रहेपनि केहीदिन अस्पतालमै विश्राम गरेर घर ल्याइने कुमारले जानकारी दिए । भगवतीका पती मनोज खड्का भने वैदेशिक रोजगारीमा विदेश गएका छन् ।