भद्रपुरमा पत्रकारकारिता तालिम

  •  
  •  
  •  
  •  
  •  
  •  


भद्रपुर / झापाको भद्रपुरमा पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।

भद्रपुर नगरपालिकाको सहयोग तथा प्रेस क्लब भद्रपुरको आयोजनामा भद्रपुर– ८ स्थित नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभाहलमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटनमा बोल्दै वक्ताहरूले सरकार विरुद्धको प्रमुख प्रतिपक्षको भूमिका मिडिया जगतले निर्वाह गरिरहेको छ ।

अहिलेको पत्रकारिता प्रविधिमैत्री बन्न थालिसकेकोले सो अनुसार पत्रकार र सञ्चारमाध्यम अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द क्षेत्रीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व कोषाध्यक्ष भक्त खवास लगायतले मन्तव्य राखेका थिए ।

क्लबका सल्लाहकार संयोजक चिन्तामणि दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार माधव विद्रोहीले गरेका थिए ।

प्रशिक्षणमा भद्रपुर ३ नम्बर वडा कार्यालयकी वडाअध्यक्ष कमला थुलुङ, ८ नम्बर वडा कार्यालयका सचिव नेत्र पोखरेल, नगरपालिकाका आन्तरिक लेखापरिक्षक डिल्ली ढकाल, भद्रपुर महिला विकास शाखाकी प्रमुख जीवनकुमारी राउतसहित भद्रपुर नगरबाट विभिन्न सञ्चार माध्यममा कार्यरत ४० जना पत्रकारको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा पत्रकार चिन्तामणि दाहाल, गोविन्दचन्द क्षेत्री, माधव विद्रोही र गोपाल काफ्ले र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।

शुक्रबारको पत्रकार विद्रोहीले पत्रकार आचार संहिता २०७३ का बारेमा, प्रेस क्लबका अध्यक्ष क्षेत्रीले सुरक्षित पत्रकारिता बारे र पत्रकार गोपाल काफ्लेले आधारभूत पत्रकारिताका बारेमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।