मंसिरदेखि पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / मंसिर १ गतेदेखि ओपिडी सेवा सुरु गर्ने पूर्वाञ्चल क्यान्सर अस्पतालले जनाएको छ । बिर्तामोडमा निर्माणाधीन अवस्थामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले मंसिरदेखि सेवा सुरु गर्ने जनाएको हो ।

पूर्वकै सुविधा सम्पन्न बिएन्डसी टिचिङ हस्पिटलमातहतमा रहेको उक्त हस्पिटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

मंसिरमा ओपिडी सेवा सञ्चालनमा ल्याउने र पुस पहिलो साताबाट रेडियसनसमेत सञ्चालनमा ल्याउने हस्पिटलका कार्यकारी निर्देदेशक दुर्गा प्रसाईले जानकारी दिए ।

सेवा सञ्चालन गर्नका लागि मंगलबारदेखि रेडियसन मेसिन जडान कार्य सुरु गरिने भएको छ ।

डा. वीरेन्द्र यादवका अनुसार उक्त मेसिन जडान गर्न तीन महिना लाग्नेछ । विश्वस्तरीय क्यान्सर हस्पिटल निर्माण भइरहेको दाबी गर्दै कार्यकारी निर्देशक प्रसाईंले जुनसुकै क्यान्सर रोगको उपचारको लगि बिदेश जान नपर्ने बताए ।

उनले अत्याधुनिक मेसिनबाट उपचार हुने र जुन भागमा क्यान्सर लागेको हो त्यही भागमा मात्र रेडियसनद्वारा उपचार गर्ने जानकारी दिए । उनले क्यान्सर रोगको उपचार पद्दति अमेरिका र सिंगापुरकै भएको भन्दै क्यान्सर रोगका लागि उपचार गर्न विदेसिनुपर्ने बाध्यता हट्ने दाबी गरेका छन् ।

क्यान्सर हस्पिटलको निर्माण र सञ्चालनसँगै पूर्वको बिर्तामोडमा स्वास्थ्यको हब बनाउने सपना पूरा हुने पनि उनको भनाइ छ ।