मापदण्ड पूरा नगरी घर बनाए प्राधिकरणले बिजुली नदिने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ / नेपाल विद्युत प्राधिकरण कुलेश्वर वितरण शाखाले तोकिएको मापण्ड पूरा नगरी भौतिक संरचना बनाएमा बिजुली नदिने भएको छ ।

कुलेश्वर शाखाले काठमाण्डौ महानगरपालिकालाई पत्र पठाएर विद्युत प्राधिकरणले तोकेको दूरी नछाडी भौतिक संरचना बनाएको पाइएमा बिजुली मिटर दिन बाध्य नहुने चेतावनी दिएको हो ।

नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण नियमावली २०५९ को विनियम १६ (५) मा भौतिक संरचना निर्माण गर्दा निश्तिच दूरी छाड्नुपर्ने उल्लेख छ ।

विनियमअनुसार २३०र४०० देखि ११ हजार भोल्टेज क्षमतासम्मको बिजुली चाहिने संरचना बनाउँदा घर र रुखबाट १ दशमलव ५ मिटर दूरी छाड्नुपर्छ ।

यस्तै ११ हजारदेखि ३३ हजार भोल्टेजसम्म बिजुली चाहिने संरचना बनाउँदा रुख या घरबाट २ मिटर दूरी छाड्नुपर्नेछ । उज्यालोबाट