‘मिस तामाङ प्रदेश १’ को फाइनल आज

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / नेपाल तामाङ घेदुङ संघ उर्लाबारीको आयोजनामा हुने ‘मिस तामाङ प्रदेश १’को फाइनल आज हुँदैछ । शनिबार धनकुटाको हिलेमा हुने फिनालेमा प्रदेश १ का १४ जना यवती सहभागी हुँदैछन् ।

तामाङ समुदायका युवतीहरुकोे व्यक्तित्व विकास, अन्तरनिहीत प्रतिभाको प्रस्फुटन तथा भेषभुषा, भाषा संस्कार, संस्कृतिको उत्थान र प्रवद्र्धन गराउने उद्देश्यले आयोजना गरिएको ‘मिस तामाङ प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।


प्रदेशका विभिन्न स्थानमा गरिएको अडिसनमा सहभागी ५० जनाभन्दा बढीबाट छनोटमा परेका उनीहरुको उर्लाबारीको सिङ्हिम होटलमा ‘ट्यालेण्ट शो’ झापाको बिर्तामोडमा ‘फेशन शो’को आयोजना गरिएको आयोजक नेपाल तामाङ घेदुङ संघ उर्लाबारीका अध्यक्ष राजु घिसिङ्गले बताए ।

फिनालेको प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ रहेका छन् । मिस तामाङको उपाधि विजेताले एक थान स्कुटी र नगद २५ हजार, पाँच दिनको विदेश भ्रमणको व्यव्स्था रहेको छ ।

फस्ट रनरअपले नगद १ लाखसहित गिफ्ट ह्याम्पर, सेकेन्ड रनरअपले ५० हजार नगदसहित गिफ्ट ह्याम्पर, अन्य विभिन्न आठ विधाका विजेतालाई नगद १० हजारसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।