मुरैलाई व्यावसायिकरण गर्न १५ दिने तालिम

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / राजवंशी जातिको जातीय परिकार मुरैलाई व्यावसायिकरण गर्ने उद्देश्यले बिर्तामोडमा आयोजित मुरै बनाउने तालिम सकिएको छ ।

बिर्तामोड नगरपालिका– ८ वडा कार्यालयको सहयोग तथा आदिवासी महिला उपभोक्ता समितिको आयोजनामा बिर्तामोडको हर्चना चोकमा झापामै पहिलोपटक असार ६ गतेदेखि १५ दिने तालिम सञ्चालन गरिएको हो ।

तालिममा २१ जनाको सहभागिता रहेको थियो । युरिया हालेको मिलको मुरै खान बाध्य उपभोक्ताको स्वास्थ्य र स्वादलाई मध्यनजर गरी घरको मुरै बनाउने तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

राजवंशी जातिको जातीय परिकार मुरैलाई प्रवद्र्धन गर्ने उद्धेश्यले तालिम सञ्चादन गरिएको आयोजककी अध्यक्ष मनुकुमारी राजवंशीले बताइन् ।

बिर्तामोड– ८ का वडाध्यक्ष अजय कार्कीको प्रमुख आतिथ्य एवम् आयोजककी अध्यक्ष राजवंशीको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य इन्दिरा पाण्डे, गंगालाल राजवंशी, लक्ष्मी नेपाली, वडा सचिव लोकराज बराल, पत्रकार इन्द्रसिंह राजवंशी, समाजसेवी कुमार दर्नाल, प्रशिक्षार्थी बसन्ती राजवंशी, कल्पना राजवंशी लगायतले मन्तब्य राखेका थिए ।

सचिव सुमित्रा राजवंशीले तालिमको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सनम राजवंशीले गरेकी थिइन् ।