यसरी मनाइयो भद्रपुरमा साकेला

  •  
  •  
  •  
  •  
  •  
  •  


भद्रपुर / उभौली (साकेला) पर्वको अवसर पारेर किराँत राई यायोक्खा प्रारम्भिक नगर कार्य समिति भद्रपुर—चन्द्रगढीले विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

यायोक्खा संयुक्त प्रारम्भिक समितिले भद्रपुर–८ स्थित धार्मिकस्थल साकेला थानमा धर्मगुरू सम्मान तथा साकेला नाच लगायतका कार्यक्रम सम्पन्न गरेको हो ।

समितिले किराँत धर्मगुरू रामबहादुर राईलाई धर्म प्रचार तथा संस्कृति जगेर्नामा योगदान पुर्याएको भन्दै सम्मान गरेको थियो । त्यसैगरी भद्रपुर-चन्द्रगढी, गौरीशंकर पृथ्वीनगर तथा मेची नगरका कलाकारद्वारा साकेला नाच प्रस्तुत गरिएको थियो ।

नगर प्रारम्भिक कमिटीका अध्यक्ष डुक्पा राईको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष नीरबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किाराँत अगुवा प्राध्यापक डा. केआर खम्बू, भद्रपुर– ८ का वडाध्यक्ष गौरब सुब्बा मनोज, खोजपत्रकारिता मञ्चका अध्यक्ष ईश्वर अधिकारी, किराँत राई चुम्लुङकी अध्यक्ष सर्मिला आङ्दम्बे, तामाङ घेदुुङ्का अध्यक्ष प्रेम तामाङ लगायतले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष कुमारी राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन समिता राईले गरेकी थिइन् ।