रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्षले दिए राजीनामा

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन / न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुरमा लगातार आन्दोलन गर्दै आएका रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

आन्दोलनमा घुसपैठ भएको र समितिको कुनै औचित्य नै नरहेको भन्दै उनले सोमबार संघर्ष समितिबाट राजीनामा दिएको बताएका छन् ।

एक विज्ञप्ति जारी गरी उनले आन्दोलनको नाममा बाह्य व्यक्तिले फाइदा उठाउन खोजेको र छानबिन कार्य नै प्रभावित पार्न खोजेको भन्दै समिति छोडेको बताएका छन् ।

विज्ञप्तिमा छानविन कार्यलाई नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन लागेको महसुस भएकाले आज मिति २०७६/५/२ गतेदेखि अध्यक्षको भूमिकामा नरहने व्यहोरा सबैमा जानकारी गराएका छन् । सौराहअनलाइनबाट