राई सांस्कृतिक कलाकार संघमा सरोज

  •  
  •  
  •  
  •  
  •  
  •  


दमक / किरात राई सांस्कृतिक कलाकार संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । संघको शनिबार सम्पन्न जिल्ला कार्य समिति झापाको चौथो अधिवेशनले सरोज तुम्छा राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा शिवानी राई, सचिवमा सुजन कुमार राई, सहसचिवमा जीवन राई र कोषाध्यक्षमा सबिना राई चुनिएका छन् ।

सदस्यमा तिर्थकुमारी राई, पूर्णिमाया राई, अन्नी राई ,अनिल राई र अजित राई चुनिएका छन् ।

‘मानव सभ्यताको प्रतिक हो, कला र संस्कृति ’भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा वक्ताहरुले कला र सांस्कृतिक जगेर्नाका लागि आफै संगठित हुनुपर्ने जोड दिएका थिए ।