वर्तमान सरकार जनताप्रति उतरदायी छ : प्रम ओली

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं / प्रधानमन्त्री केपीशर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तदायी भएको बताएका छन् ।

यूरोपको ९ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार कामगर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिए । ‘अबको समय आवेश उत्तेजना र द्वन्द्वको समय होइन’ प्रधानमन्त्री ओलीले भने, ‘यो संवाद, सहमति, र अग्रगमनको समय हो ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताए । ‘यो सरकारले जनताको मन दुखाउने होइन जनता हँसाउने काम गर्छ’ ओलीले भने ।

ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए । ‘गुठीका नाममा कतिपय ठाउँमा गरिव माथि शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं’ ओलीले भने, ‘तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।’