विराट साकोसको नाफा ४८ लाखबढी

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / झापाको विर्तामोड–३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष ०७५÷०७६ मा ५० लाख रुपैयाँ नाफा गरेको छ ।

शनिबार अनारमनी पब्लिक क्याम्पस परिसरमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ४८ लाख १८ हजार ९५६ रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५/०७६ को अन्त्यसम्ममा संस्थाको शेयरपूँजी ६ करोड ६० लाख ७ हजार ६०० रुपैयाँ पुगेको छ । संस्थाले यो वर्षमा मात्र १ करोड ५० लाख २१ हजार ६७ रुपैयाँ शेयरपूँजी थप गरेको छ ।

यसैगरी, संस्थाले आ. व. ०७५/०७६ सम्ममा ६९ करोड २२ लाख २७ हजार १४० रुपैयाँ निक्षेप संकलन गरेको छ भने यस अवधिमा ६६ करोड ९५ लाख ७९ हजार ६९६ रुपैयाँ निक्षेप फिर्ता भएको छ ।

यसैगरी, संस्थाले यो वर्ष १३ करोड २७ लाख १८ हजार ४२९ रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिवेदन अनुसार संस्थाले यो वर्ष ३ करोड २५ लाख ९८ हजार २४६ रुपैयाँ आम्दानी र २ करोड ७७ लाख ७९ हजार २९० रुपैयाँ खर्च भएको छ । संस्थामा २३९० सदस्य रहेका छन् ।

संस्थाका सचिव रुद्र सिटौलाले सञ्चालन गरेको १२ औं साधारणसभाको उद्घाटन राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीले गरेका थिए ।

संस्थाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौलाले स्वागतसहित भवन निर्माण सम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गरेको समारोहमा लेखा समितिका संयोजक होमप्रसाद सिटौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले सो अवसरमा संस्थालाई विशिष्ट योगदान पुर्याउने सदस्यका रुपमा रणबहादुर राजवंशीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट वचतकर्ता राजन मैनाली र बलराम सुवेदी, उत्कृष्ट ऋणी कल्पना सुवेदी खड्का र जसोदामाया विष्टलाई नगदसहित सम्मान गरिएको थियो ।

यसैगरी, एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने वर्षा बजगाई, सुनिल अधिकारी र सविना पाठकलाई छात्रबृत्ति प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारीका रुपमा अम्बिका कार्की कटुवाललाई पुरस्कृत गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, विर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला, संस्थाका सल्लाहकार उमानाथ ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले सदस्यहरुको सर्वोपरि हितका लागि आगामी कार्ययोजना पनि सार्वजनिक गरेको छ । आफ्नै सुविधासम्पन्न भवन निर्माण गरिरहेको संस्थाले सदस्यहरुको सुविधाका लागि सुलभ सहकारी पसल पनि चाँडै सञ्चालनमा ल्याउने योजना राखेको सचिव सिटौलाले जानकारी दिए ।