विरुवा रोपेर गरियो वीपीको सम्झना

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादका प्रर्बतक वीपी कोइरालाको १०६ औँ जन्मजयन्ती मंगलबार देशभर मनाएको छ ।

जन्मजयन्ति सँगै दोस्रो चरणको १५ दिने जागरण अभियान समेत कांग्रेसले प्रारम्भ गरेको छ । अभियान असोज ६ मा सकिने छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको जन्मजयन्तीमा देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले विरुवा रोप्दै हिपतम अभियानको प्रारम्भ गरिएको हो । वीपीले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।

देशब्यापी कार्यक्रम अन्तर्गत झापाका१० वटै प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपणसहितका विविध कार्यक्रम सम्पन्न भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रगत समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय, सार्वजनिक स्थल, कांग्रेस पार्टी कार्यालय परिसर तथा सामुदायिक भवन परिसरमा वृक्षारोपण गरिएको हो ।

आसन र भाषणभन्दा बढी रचनात्मक तरिकाले गरिएका अधिकांश कार्यक्रममा वृक्षारोपणस्थलमै वीपीको व्यक्तित्वबारे चर्चा गरिएको छ । पर्यावरणीय सन्तुलनमा पार्टीका तर्फबाट योगदान पु¥याउने उद्देश्यले वृक्षारोपण गरिएको हो ।

कांग्रेसको १ नम्बर क्षेत्रीय कार्यालय परिसर, समाज सेवा सुधार संघ, जिल्ला अपाङ्ग संघ कार्यालय परिसरमा १०६ वटा विभिन्न प्रजातिका विरुवा रोपिएका छन् ।

जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि तथा सांसद रमेशजंग रायमाझीको प्रमुख आतिथ्य र १ (ख) का केन्द्रीय प्रतिनिधि तथा सांसद विन्दिया कार्कीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व सांसद उषा गुरुङ, १ नम्बर क्षेत्रीय सभापति मणिकुमार उप्रेती, रचना घिमिरे लगायतले बोलेका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क क्षेत्रीयसभापति हर्क प्mयाकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बद्री खड्काले गरेका थिए ।

क्षेत्र नम्बर १ (ख) को हातेमालो सामुदायिक वन परिसरमा वृक्षारोपणसँगै जागरण अभियानको प्रारम्भ गरिएको छ ।

सांसद कार्कीको प्रमुख आतिथ्य र रायमाझीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली झापा कांग्रेसका प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, इन्द्र बुढाथोकी, दुर्गा खतिवडा लगायतको सहभागिता रहेको थियो ।

सिता घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शरद शिवाकोटी र सञ्चालन विष्णु रिमालले गरेका थिए ।

यसैगरी क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र क समितिले बिर्तामोड नगरपालिका–१० मा रहेको धार्मिक पर्यटकीय क्षेत्र विराटपोखरमा १०६ वटा विरुवा रोपेको छ ।

प्रदेश २ क का लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्य र ख का लागि केन्द्रीय प्रतिनिधि सुनिल शर्माको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला लगायतले वीपीको राजनीतिक योगदानबारे चर्चा गरे ।

धर्म लक्सम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जलकुमार गुरुङ र सञ्चालन भोजराज सिटौलाले गरेका थिए ।

यसैगरी २ ख अन्तर्गत नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालय परिसर र अर्जुनधारा खेलमैदानमा गरी विभिन्न प्रजातिका १०६ विरुवा रोपिएको छ ।

किरण श्रेष्ठको अध्यक्षता र हेमराज खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन डिल्लीराम सापकोटाले गरेका थिए ।

यसैगरी ३ को प्रदेश क अन्तर्गत कचनकवल–६ बनियानीमा निर्माणाधीन अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । प्रदेश–१का नेपाली कांग्रेस संसदीय दलका मुख्यसचेतक केदार कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा जिल्ला सदस्य कालेन्द्र राजवंशी, क्षेत्रीय सभापति गणेश पोखरेललगायतले बोलेका थिए ।

चिन्तामणि खरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रदेश ख अन्तर्गत पञ्चमुनी माविको हाताभित्र १०६ वटा विरुवा रोपिएको छ ।

जागरण अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि हसन अन्सारीको प्रमुख आतिथ्य र जिल्ला सचिव तारावीर कटुवालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ झापा सभापति सुशिला ढकाललगायतले बोलेका थिए ।

नविन विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लेखनाथ सुवेदी र सञ्चालन खगेन्द्र अधिकारीले गरेका थिए ।

यसैगरी झापा ४ अन्तर्गत प्रदेश क मा जनआदर्श मावि शिवगञ्जमा वृक्षारोपण गरिएको छ । केन्द्रीय प्रतिनिधि दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फे, नेता भक्ति सिटौला, सताक्षी सभापति पर्शुराम ढुङ्गाना लगायतले बोलेका थिए ।

कमल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टङ्क मैनालीले स्वागत र सञ्चालन मोहन बस्नेतले गरेका थिए ।

४ कै खको कनकाई नगरपालिका ं–५ मा रहेको वीपी वन बाटिकामा १०६ वटा विरुवा रोपिएको छ । सांसद लोकप्रसाद संग्रौलाको प्रमुख आतिथ्य र भीम राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव सम्बाहाम्फे, क्षेत्रीय सभापति जयनारायण साह, गोपाल उप्रेती, सुन्दरा लुवागुन लगायतले बोलेका थिए ।

यसैगरी क्षेत्र नम्बर– ५, प्रदेश क समितिले गौरादह स्वास्थ्य चौकी र दुर्गा अतिथि सदन परिसरमा १०६ वटा विरुवा रोपेको छ ।

जागरण अभियानका केन्द्रीय प्रतिनिधि शेखरचन्द्र थापाको प्रमुख आतिथ्य र रोहितकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस झापाका उपसभापति राम कट्टेल, ५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले बोलेका थिए ।

५ ख अन्तर्गत नेपाली कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय र दमक नगरपालिकाका १० वटै वडामा विरुवा रोपिएको छ ।

जागरण अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि विनोद राईको प्रमुख आतिथ्य र झापा उपसभापति कट्टेलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, क्षेत्रीय सभापति भण्डारी लगायतले बोलेका थिए । पदम सुब्बाको अध्यक्षतामा कार्यक्रम भएको हो ।