शिखर साकोसको सदस्य जागरण अभियान

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / शिखर बचत तथा ऋण सहकारी संस्थाले बिहीबार गरामनीका शेयर सदस्यका बिचमा सदस्य जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

९औँ स्थापना दिवसको अवसर पारेर सदस्य भनेका संस्थाको सम्पत्ती हुन, सदस्यलाई शिक्षित र सुसुचित गराउँदै सदस्यको क्षमता बढाउनु नै संस्थाको दिर्घकालीन दिगो विकास हो भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।

कार्यक्रममा सदस्यलाई संस्थाको आर्थिक गतिविधी तथा सामाजिक गतिविधी बारेमा छलफल गर्दै संस्थाको भावी योजना तथा दिगो विकासमा सदस्यको महत्वपूर्ण भुमिका रहनु पर्ने अन्तक्रियामार्फत जानकारी गराइएको थियो ।

९औँ वार्षिक उत्सवको अवसरमा संस्थाले विभिन्न कार्यक्रम सार्वजनिक गरे बमोजिम सदस्य जागरण तथा अन्तरक्रिया कार्यक्रम पहिलो रहेको छ ।

त्यसैगरी संस्थाले ११ गते रक्तदान र १५ गते विपन्न परिवारलाई दशैँको लुगा तथा खाद्यन्न वितरण गरिने बताइएको छ । कार्यक्रममा संस्थाका इच्छुक सदस्यलाई सहयोग गर्न समेत आव्हान गरिएको छ ।

९औँ वर्ष पुगेको बिर्तामोडमा मुख्य कार्यलय रहेको शिखर साकोसले सहकारीको भिडमा छुट्टै परिचय बनाउन सफल भएको छ ।

सदस्यको विश्वास र भरोषाले नै शिखर सफल भएको संस्थाका सचिव हिमालय प्रसाईंले बताए । उत्कृष्ट सेवा दिन साकोसले निरन्तर मेहनत जारी राखेको संस्थाका व्यवस्थापक लिलानाथ रेग्मीले बताए ।

कार्यक्रममा हाम्रो शिखर कृषि सहकारी संस्थाका अध्यक्ष घनेन्द्रकुमार पाण्डले शिखर साकोसले बैंक तथा वित्तिय संस्थाले उपलव्ध गराएका सेवा सुविधा उपलव्ध गराएको भन्दै प्रसंसा गरेका थिए । सहभागीको तर्फबाट खेम सिटौलाले सहकारीले दिएको सेवा बारेमा बोलेका थिए ।