श्रीमती संगठनले दिए बालबालिकालाई खाद्यान्न

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / फेसबुकमा संगठित श्रीमती संगठनले बिर्तामोडको तारा नमस्ते बालग्रामका बालबालिकालाई खाद्यान्न हस्तान्तरण गरेर प्रथम वार्षिक उत्सव मनाएको छ ।

फेसबुकमा संगठित भएर सामाजिक गतिविधि गर्दै आएको यो समूहले पहिलो पटक बालग्रामका बालबालिकाका लागि १० हजार रुपैयाँ बराबरको चामल,दाल,चिनी,तेल लगायत खाद्यान्न प्रदान गरेको समूहकी सदस्य सरिता बरालले बताइन् ।

वार्षिक उत्सवको अवसरमा समूहले तारा नमस्ते बालग्रामका बालबालिकालाई केक खुवाएको थियो । समूहले यसअघि विभिन्न क्षेत्रका ७ जना विरामीलाई समेत आर्थिक सहयोग गरेको सदस्य शान्ता बस्नेतले बताइन् ।

देशभर सदस्य रहेको समूहको एड्मिन झापा दमककी रेवता बस्नेत भएको बताइएको छ । समूहमा विभिन्न क्षेत्रमा रहेर व्यवसाय गर्ने व्यापारी, संघसंस्थामा काम गर्ने कर्मचारी र गृहिणी महिला सदस्य रहेको समूहकी सदस्य बरालले बताइन् ।

तारा नमस्ते बालग्राममा हाल १३ जना बालबालिका बस्छन् ।