सतासीले दियो १२० थान झोला

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडले अर्जुनधारा संस्कृत आदर्श माविका विद्यार्थीलाई झोला वितरण गरेको छ ।

सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १२० थान झोला वितरण गरिएको संस्थाका व्यवस्थापक सन्तोष श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठको अध्यक्षता तथा अर्जुनधारा – ७ का वडाध्यक्ष नवराम ढुङगानाको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरेको हो । संस्थाका अध्यक्ष श्रेष्ठ,वडाध्यक्ष ढुङगाना लगायतले विद्यार्थीलाई झोला हस्तान्तरण गरेको कार्यक्रम संयोजक धु्रव कनालले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद खतिवडाले बोलेका थिए ।