सदस्यको दुःखमा कर्णाली : २ लाख ७ हजार ऋण मिनाहा

  •  
  •  
  •  
  •  
  •  
  •  

बुधबारे / कर्णाली साकोसले बुधबारे सेवा केन्द्रका शेयर सदस्य फारनी धिमालको ऋण मिनाहा गरेको छ । धिमालको बैशाख ३० गते मृत्यु भएपछि कर्णालीले २ लाख ७ हजार १८० रुपैयाँ ऋण मिनाहा गरेको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बताए ।

कर्णालीले धिमालको परिवारलाई उपचार निर्देशिका बमोजिमको काजकिरीया सहयोग स्वरुप ४० हजार रुपैयाँ समेत सहयोग गरेको संस्थाका सचिव भूपाल बस्नेतले जानकारी दिए । मृतक धिमाल उपचार कोषमा सदस्य थिइन् । कर्णालीले यसअघि धिमालको परिवारलाई १ लाख ६० हजार रुपैयाँ पनि सहयोग गरेको थियो ।

सो अवसरमा बुद्धशान्ति गाँउपालिका वडा नम्बर–१ का वडाध्यक्ष कमल उप्रेती, वडा नम्बर–३ का वडाध्यक्ष भिमकुमार श्रेष्ठ, वडा नम्बर–३ का वडा सदस्य, वन उपभोक्ता समितिका अध्यक्ष तिलक रिजाल, फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था उर्लाबारीका शाखा प्रबन्धक हिरामणी शिलवाल, विभागीय प्रमुख मनहरी निरौला, विकाश कोइराला, बुधवारे कार्यालय प्रमुख रविन कार्की लगायतको उपस्थिति थियो ।