सहाराका महिलालाई कानुन तालिम

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रको आयोजनामा महिला कानुनी सचेतना तालिम सम्पन्न भएको छ ।

झापाको लक्ष्मीपुरमा शनिबार भएको एकदिने तालिमको सहजीकरण अधिवक्ता दीपेन्द्र भट्टराईले गरेका थिए । अधिवक्ता भट्टराईले नयाँ संविधानमा महिलाका अधिकारका विषयमा जानकारी गराएका थिए ।

उनले महिलाका अधिकारहरु, मौलिक हक , नागरिकता बनाउने, अंशवण्डा, करणी कानुन, देवानी मुद्दा, फौजदारी मुद्दा, स्थानीय सरकारका कानुनी हक अधिकार लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

तालिममा ४० जना महिलाको सहभागिता थियो । सहारा नेपाल साकोसका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य चित्रकला ओलीले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

सहारा नेपालले महिलालाई शसक्तिकरण गर्न सहाराका महिला सबै क्षेत्रमा पहिला संस्थाको नारा पुरा गराउन पनि यो तालिमको आयोजना गरिएको उनले बताइन् ।

‘वित्तिय साक्षरता , कानुनी साक्षरता, स्वास्थ्य साक्षरता बनाउने अभियान छ र यो कानुनी साक्षरता बनाउने अभियाना हो ।’ उनले भनिन् । कार्यक्रमको सञ्चालन सहारा लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका– ५ का वडाध्यक्ष ध्यानबहादुर भारती, कनकाई नगरपालिका– ८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल, सहारा नेपाल साकोस चारपाने प्रमुख जगत कार्की, सञ्चालक सदस्य, नरहरी न्यौपाने, कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, सहयोग समितिका सदस्य दिव्यसरा उप्रेती, टोमकुमारी ओझा, मोर्डन एजुकेशनका वीरबहादुर चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।