सागको लागि ३२ महिला खेलाडी दोस्रो चरणमा छनोट

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि ३२ जना महिला खेलाडी दोस्रो चरणमा छनोट भएका छन् ।

आइतबार महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले ४० जना प्रारम्भिक खेलाडीबाट ३२ खेलाडीलाई छनोट गरेका हुन् । साग खेलकुद यही मंसीर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा हुँदैछ ।

नेपाली महिला फुटबल टिमले साग खेलअघि किर्गिस्तानमा हुने नदेजहदा कप खेल्नेछ । यो प्रतियोगितालाई नेपालले सागको मुख्य तयारीको रुपमा लिएको छ ।

यो प्रतियोगितामा किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने छन् । यो प्रतियोगिता यही भदौ २० देखि २७ गतेसम्म हुँदैछ ।