साफ यू–१८ च्याम्पियनसिपको फाइनलमा भारत र बंगलादेश भिड्ने

  •  
  •  
  •  
  •  
  •  
  •  

झापा / साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० गोल अन्तरले हरायो ।

अर्को खेलमा भारतले माल्दिभ्सलाई समान ४–० गोल अन्तरले हराएको छ । फाइनल खेलको प्रतिष्पर्घा पर्सी हुनेछ ।