सामुदायिक भवन शिलान्यास

  •  
  •  
  •  
  •  
  •  
  •  


गौरादह / आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले झापाको गौरादह– ७ स्थित ग्वालडुब्बामा निर्माण हुन लागेको दुर्गा सामुदायिक भवनको शिलान्यास गरेका छन् ।

सात जना दाताले उपलव्ध गराएको ८ कठ्ठा १० धुर जग्गामा निर्माण हुने भवनको शनिबार एक कार्यक्रमका बीच मन्त्री कार्कीले शिलान्यास गरे ।

भवन सहरी विकास तथा भवन निर्माण कार्यालय इलाममार्फत प्रदेश– १ सरकारको १ करोड १४ लाख रूपैयाँको लागतमा निर्माण हुने जनाइएको छ ।

सामुदायिक भवन निर्माणका लागि स्थानीय सुर्यप्रसाद दाहाल, जीवन कोइराला, सरोज विष्ट, कृष्ण विष्ट, नरबहादुर खड्का, विष्णु निरौला र जुनबहादुर राजवंशीले ८ कठ्ठा १० घुर जग्गा निशुल्क प्रदान गरेका हुन ।

भवनसम्म पुग्ने बाटोे निर्माण गर्न गौरादह नगरपालिकाले ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहितकुमार साह, उपमेयर गीता भेटवाल लगायत स्थानीयको उपस्थिति थियो ।