सारेगामापा लिटल चेम्समा प्रितम बने ‘सेकेण्ड रनर अफ’

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / भारतीय टेलिभिजन च्यानल जीटीभीद्धारा प्रशारित रियालिटी शो सारेगामापा लिटल चेम्स २०१९ को उपाधी महाराष्टकी पिकोशा मोहरकरले जितेकी छन् ।

आइतबार बेलुका प्रशारित ग्राण्ड फिनालेमा नेपालका बाल गायक प्रितम आचार्य ‘सेकेण्ड रनर अफ’ घोषित भए ।

सारेगामापाको ग्राण्ड फिनालेमा फाइनल प्रस्तुतीका रुपमा प्रितमले ‘ऐसा मौका कहाँ मिलेगा’ बोलको गीत प्रस्तुत गरेका थिए ।

सारेगामापा शो मा महोम्मद फैज ‘फस्ट रनर अफ’ घोषित भए । नेपालका अर्का बाल गायक आयुष केसी छैटौँ फाइनलिष्ट बने । उनले ‘केहेना हे केहेना हे’ बोलको गीत गाएका थिए ।