सासुससुराको राम्रो हेरचाह गर्ने हल्दिबारीका चार असल बुहारी सम्मानित

  •  
  •  
  •  
  •  
  •  
  •  


हल्दिबारी / झापाको हल्दिबारीका ४ जना महिलालाई असल बुहारीको रुपमा सम्मान गरिएको छ ।
५७औँ रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा हल्दिबारी २ का योगमाया निरौला दाहाल, पुष्पा निरौला खरेल,यशोदा प्रसाईं र हस्तमाया राईलाई सम्मान गरिएको हो ।

उनीहरुलाई ओछ्यान परेका बृद्धा आमा बाबु, सासु ससुराको राम्रो हेरचाह र स्याहार गरेको भन्दै सम्मान गरिएको रेडक्रस हल्दिबारी उपशाखा सभापति कर्णखर प्रसाईंले जानकारी दिए ।

उनीहरुलाई नगद १ हजारसहित प्रमाणपत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो । प्रमाणपत्र, दोसल्ला र नगद स्थानीय रमेशकुमार तिम्सिनाले सौजन्य गरेका थिए ।

बतृत्वकलामा स्मृति र धिरजकुमार प्रथम

रेडक्रस दिवसको अवसरमा उपशाखा हल्दिबारीले माध्यमिक विद्यालयस्तरीय बतृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।

सामुदायिक र संस्थागत गरी १० वटा माविले सहभागिता जनाएको प्रतियोगितामा छात्रातर्फ सिग्क्ष्मा अंग्रेजी माविकी स्मृति ओली प्रथम, क्यानरी एकाडेमीकी बादा गौतम दोस्रो, सिग्मा माविकै नेहा आचार्य तेस्रो र बालज्योती माविकी आशिका माबो सान्तवना भइन् ।

छात्रतर्फ हल्दिबारी १ को चिल्ड्रेन गार्डेन माविका धिरजकुमार महतो प्रथम, क्यानरी एकाडेमीका सनम निरौला दोस्रो, महेन्द्र माविका आवास शिवा तेस्रो र हल्दिबारी माविका किशोर ढुङ्गेल सान्तवना भए ।

प्रतियोगिलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले डिक्सनरी, खाता लगायतका शैक्षिक सामग्री पु्रस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा रेडक्रस उपशाखा हल्दिबारीका सभापति प्रसाईंको सभापतित्वमा आयोजित कार्यक्रममा वडाध्यक्ष राजेन्द्र योङ्हाङ्, रेडक्रस झापा शाखाका मन्त्री चन्द्र चुडाल, रेडक्रस प्रदेश– १ का कोषाध्यक्ष ओमप्रकाश गौतम, झापा जिल्ला कोपाध्यक्ष हेम खड्का, रेडक्रस हल्दिबारीका उपाध्यक्ष लक्ष्मी खनाल लगायतले मन्तव्य राखेको सचिव हरीकृष्ण अधिकारीले बताए ।