सुँगुर खाँदा दुई कैदीको गयो ज्यान

  •  
  •  
  •  
  •  
  •  
  •  


पाँचथर / जिल्ला कारागार पाँचथरका दुई कैदीको सुँगुरको मासु खाँदा ज्यान गएको छ । दुईजना सिकिस्त बिराम िपरेका छन् ।

आइतबार राति सुँगुरको मासु खाएर बिरामी भएका उनीहरुलाई सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी परेका फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३÷३४ वर्षका जयप्रकाश जवेगुको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

उनको गए राति १२ बजेको समयमा ज्यान गएको न्यौपानेले बताए ।

मासु खाएर कुम्मायक गाउँपालिकाका अन्दाजी २९÷३० वर्षका दिनेश खजुम र जिल्लाको साविक सिदिन गाविसका सुन्दर राई पनि बिरामी परेका छन् ।

उनीहरुको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । बिरामी सबैको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दशैँको अवसरमा उनीहरुले आइतबार कारागारभित्रै सुँगुर काटेर खाएका थिए ।