सुर्खेतमा मर्ने गाईगोरुको संख्या ३४ पुग्यो, गौहत्याविरुद्ध दवाब ¥याली

  •  
  •  
  •  
  •  
  •  
  •  


सुर्खेत / सुर्खेतमा मरेका गाईगोरुको संख्या ३४ पुगेको छ ।
नेपालगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा गाइगोरु (चौपाया) दैलेख लैजाने भन्दै ल्याएर शुक्रबार सुर्खेतका जंगलमा छाडिएका थिए ।

यसै क्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन् ।


सुर्खेतमा मरेका गाईगोरु

शनिबार १ सय ४४ वटा गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए ।

गाइगोरु ल्याउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । उनले भने, ‘जंगलमा मरेका भेटिएका छन् ।

केहीलाई नेपालगञ्ज पठाइसकिएको छ । मरेका गाइहरुको व्यवस्थापन गर्ने काम भयो । हामीले चालकसहित ट्रकलाई नियन्त्रणमा लिएर कसरी गाईगोरु मरे भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ ।’

नेपालगञ्जबाट दैलेखको श्रीस्थानमा पाल्नको लागि भन्दै २ सय ९१ वटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको थियो ।

तर, बीच बाटोमै गाई अलपत्र छोडेर हत्या गरेको भन्दै चौतर्फी आलोजना भइरहेको छ । जंगलमा ल्याएर गौहत्या गरेको भन्दै शनिबार वीरेन्द्रनगरमा दोषीलाई कार्वाहीको माग गर्दै विरोध स्वरुप शान्ति ¥याली निकालिएको छ ।