सूर्खेतको एमाले मोडमा बस दुर्घटना ३ को मृत्यु २९ घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  


सुर्खेत / जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

ना ४ ख ९३२७ नम्बरको बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

घटनामा २९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामा लगिएको छ ।

उपचारका लागि लाँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत अझै भइसकेको छैन ।