सूर्यदर्शन साकोसको १७ करोड ब्याज आम्दानी

  •  
  •  
  •  
  •  
  •  
  •  

दमक / दमक–६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ मा सदस्यलाई गरेको लगानीको ब्याजबाट मात्रै कूल १७ करोड ३० लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

संस्थाले अन्य किसिमबाट १ करोड ९ लाख १८ हजार र बैंकहरुमा गरेको लगानीबाट ३९ लाख ४७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । बिहीबार भएको संस्थाको १० औँ वार्षिक साधारणसभामा अध्यक्ष टिकाराज सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा सो उल्लेख छ ।

संस्थाले सोहि आर्थिक बवर्षमा आर्जन गरेको कूल मुनाफाबाट आयकर वापत १६ लाख ५३ हजार रुपैयाँ कर व्यवस्था गरी खुद मुनाफा ३ करोड १४ लाख १७ हजार रुपैयाँ कमाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सो अवधिमा कूल १ अर्ब ३० करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

सो सहकारीले राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य रमेश पोखरेलको प्रमुख आतिथ्य र सहकारी सम्बद्धहरुको विशेष आतिथ्यमा वार्षिक साधारणसभा गरेको हो ।

सहकारीको नेतृत्व चयन औपचारिकता मात्रै

संस्थाको नेतृत्व चयन समेत गर्ने गरि आयोजना गरिएको साधारणसभामा नेतृत्व चयनको औपचारिकता मात्रै पूरा गर्ने तयारी रहेको बताइएको छ ।

साधारण्सभा दिनको १ बजेका लागि बोलाइएका कारण अधिकांश सहभागी सदस्यहरु सभाबाट बाहिरिएपछि सिमित सञ्चालकले पुनः टिकाराज सापकोटाको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको घोषणा गरिएको छ । संस्थाले निर्वाचन प्रक्रिया सिमित सदस्यमार्फत मात्र गरेको आरोप छ ।

अधिकांश सहकारी संस्थामा नेतृत्व चयनको प्रक्रिया औपचारिकताका लागि मात्रै पूरा गर्ने चलन सहकारी क्षेत्रमा खासै नौलो नभएको सहकारीकमीको बुझाइ छ ।