सैनिक टेक–मान स्मृति फुटबलको सेमिफाइनमा

  •  
  •  
  •  
  •  
  •  
  •  


अर्जुनधारा / सैनिक युथ क्लब कठिन जीत निकाल्दै अर्जुनधारा १ स्थित सिस्नेमा जारी प्रदेशस्तरीय शहीद टेक–मान स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलबाट सैनिक सेमिफाइनलमा प्रवेश गरेको हो ।
शहीद टेक–मान रंगशालामा क्षेत्रीय सशस्त्र प्रहरी बल पकलीलाई १–० गोलको झिनो अन्तरमा पराजित गर्दै सैनिक अन्तिम चारमा पुगेको हो ।

सैनिकका लागि खेलको ५८औँ मिनेटमा अनिश मगरले गरेको गोल नै निर्णायक बनेको थियो ।
सशस्त्र प्रहरी बलले दबाब सिर्र्जना गरेको भए पनि स्कोर गर्न नसक्दा पाहुना टोली पहिलो चरणबाटै बाहिरियो ।

दुवै टोलीले पहिलो हाफ गोलरहित खेलेका थिए भने सशस्त्र प्रहरी बलका खेलाडीले सैनिकको गोलपोस्टमा बारम्बार आक्रमण बुनेका थिए ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोल गरेका सैनिकका अनिश मगर घोषित भए । उनलाई आयोजक क्लबका अध्यक्ष कृष्ण लोहार, प्रचारप्रसार संयोजक डिबी दर्नाल, आर्थिक संयोजक पवन खनाल, आयोजक टिमका प्रशिक्षक विजय सेन्दाङलगायतले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

शहीद टेकमान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहद्वार आयोजित प्रतियोगिताको आइतबारको खेल आयोजक सयपत्री युवा समूह र टाँडी युवा क्लब मोरङबीच खेल हुनेछ ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछ ।