सौगात तिवारीले जितिन् मिस टिन प्रदेश १ को उपाधि

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / मिस टिन २०१९ प्रदेश १ को उपाधि झापा बिर्तामोडकी सौगात तिवारीले जतेकी छन् । ड्म्सि वल्र्ड इन्टरटेण्टमेन्टद्वारा आयोजित प्रतियोगिता सौगातले उपाधि जितेकी हुन् । ड्म्सि वल्डले आयोजना गरेको यो पाँचौ इभेन्ट हो ।


१३ वर्षीय सौगात बिर्तामोडको कञ्चनजंघा इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् ।
बिर्तामोडमा सम्पन्न कार्यक्रममा २०१८ की मिस टिन रिचा ढकालले उनलाई ताज पहराइदिएकी थिइन् ।

प्रतियोगिताको फ्रस्ट रनर अफ तेह्रथुमकी सितल गुरुङ र सेकेण्ड रनरअप मेचीनगरकी प्रजिता श्रेष्ठ बनिन् ।

बिजेताले नगद पुरस्कारसहित उच्च शिक्षाका लागि छात्रबृत्ती पनि पाएका छन् । त्यस्तै लिटल मिस्टर एण्ड मिस बिर्तामोडको उपाधि आश्रेया बराल र युनिस अधिकारीले हात पारेका छन् ।

प्रतियोगिताको फ्रस्ट रनर अप अन्शु कोइराला र अनमोल लुइटेल तथा सेकेण्ड रनरअप सन्ध्या राजवंशी र सुजलकुमार गुप्ता बनेका छन् ।

कार्यक्रमको मुख्य निर्णायकमा मिस्टर वल्र्ड नेपाल अक्ष्यजंग रायमाझी थिए । त्यसै गरि मिस पूर्वाञ्चल पुजा श्रेष्ठ, मिस प्रोविन्स वान सुप्रिया कडरिया, एमीटी कलेजका फाउण्डर प्रिन्सिपल आरएस ढकाल, स्कूल अफ ह्याप्पीनेशका फाउण्डर हरि सिटौला, एकाडेमिसियन जेन्नी राई र मिस प्रोविन्स वानकी सेकेण्ड रनर अप सुप्रिया कोइराला निर्णायकमा थिए ।