स्थापना दिवसमा शिखरको फेसबुक ट्राफिक सचेतना अभियान

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / शिखर साकोसको ९औँ स्थापना दिवसको अवसरमा फेसवुक ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रिय सहकारी वैंकका सञ्चालक महेन्द्र गिरी , जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारी र इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रमुख मोहनकुमार थापाले संयुक्त रुपमा सन्देश मुलक बोर्डको रिबन काटेर उद्घाटन गरेका थिए ।

संस्थाले चाड पर्वमा हिड्डुल बढी हुने , बाटो घाटोमा सवारी साधनको चाप बढी हुने र यो समयमा बसमा यात्रा समेत बढी गरिने हुँदा दुर्घटना न्युनीकरण गर्न सामाजिक सञ्जालमार्फत सन्देश दिन सकिन्छ भन्ने उद्देश्यले फेसवुक सचेतना अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

अध्यक्ष राउतका अनुसार यो अभियान दशैँसम्म चल्ने छ । जिल्ला ट्राफिक प्रमुख होमप्रसाद अधिकारीले सहकारी संस्थाले वचत तथा ऋणको मात्र काम गरिरहेको बेला शिखर साकोसले चाडपर्वलाई लक्षित गरि यस्ता ट्राफिक सचेतना कार्यक्रमको थालनी गर्नु खुसीको कुरा भएको बताए ।

राष्ट्रिय सहकारी वंैकका सदस्य महेन्द्रकुमार गिरीले शिखर सहकारीले सामाजिक गतिविधीमा सक्रियता जनाउनु समग्र सहकारीप्रति सदस्यको विश्वास बढ्नु भएको प्रतिक्रिया दिए ।

बिर्तामोडमा मुख्य कार्यलय रहेरको शिखरले सदस्यमाझ छुट्टै स्थान बनाएको छ । संस्था नवौं वर्षमा प्रवेश गरेको अवशरमा शिखरले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

असोज ११ गते रक्तदान गरेको थियो । उक्त कार्यक्रममा सुरक्षा प्रमुख, संस्थाका शेयर सदस्य , कर्मचारी , सञ्चालक समिति लगायत ५२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विज्ञान खड्काले बताए ।

साथै संस्थाले असोज १५ गते न्युन आर्थिक अवस्था भएका ५० घर परिवारलाई कपडा तथा खाद्यान्न सामग्री वितरण गर्ने जनाएके छ ।