‘हनीट्रयाप’मा पारी व्यापारीसँग ४० लाख माग्ने चारजना कारागार चलान

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / झापाका व्यवसायीलाई ‘हनीट्रयाप’ मा फसाएर ४० लाख फिरौती माग्ने चारजना कारागार चलान भएका छन् ।

घटनामा संलग्न चारजनालाई झापा कारागार चलान गरिएको हो । उनीहरूलाई झापा जिल्ला अदालत भद्रपुरले पुर्पक्षका लागि शुक्रबार झापा कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न बिर्तामोड नगरपालिका ४ मा मोटरसाइकलको रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम १ घर भई हाल बिर्तामोड २ स्थित चारपाने बस्ने २० वर्षीया ऋतु फ्याक, भारत दार्जिलिङ जिल्ला खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड ४ बस्ने २५ वर्षीय प्रकाश दासलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार उनीहरूले गत साउन १ गते बिर्तामोडका एक व्यवसायीलाई युवतीको प्रयोग गरी प्रेम जालो ‘हनिट्रयाप’ मा फसाएर अपहरण गरेका थिए ।

अपहरण गरी कोठामा राखेका व्यवसायीलाई कुटपिट गर्दै कपडा खोल्न लगाएर नांगो भिडियो बनाएर ४० लाख फिरौती मागेका थिए । व्यवसायीलाई अपहरण गरेका चारैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीले साउन ३ गते पक्राउ गरी अनुसन्धान अघि बढाएका थिए । थाहाखबरबाट