‘हन्ड्रेड पर्सेन्ट क्यास ब्याक अफर’मा झापाका भोलानाथले पाए टीभीएसको एनट्रक स्कुटर सित्तैमा

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / झापाको कनकाई नगरपालिका–६ का भोलानाथ खड्काले १२५ सीसीको टीभीएस एनट्रक स्कुटर सित्तैमा पाएका छन् ।

टीभीएसले लागु गरेको दशैं, तिहार अफर अन्तरगत अनलाइन स्क्र्याच लक्की ड्र मार्फत २ लाख २९ हजार ९ सय रुपैयाँ पर्ने उक्त स्कुटर खरिद पश्चात गरिने ‘हन्ड्रेड पर्सेन्ट क्यास ब्याक अफर’मा खड्काले स्कुटर सित्तैमा पाएका हुन् ।

‘हन्ड्रेड पर्सेन्ट क्यास ब्याक अफर’ मा लक्की ड्र गर्दा खड्कालाई स्कुटर परेको पाथिभरा अटो लिङ्कका सञ्चालक सजेश शिवाकोटीले बताए ।

खड्कालाई स्कुटरको चाबी हस्तान्तरण गर्दै सञ्चालकहरु

कनकाई– ६ चम्पापुर निवासी खड्काले आफ्नी श्रीमतीको नाममा पाथिभरा अटो लिङ्कको शाखा श्री अटो लिङ्क सुरुङ्गाबाट स्कुटर खरिद गरेका थिए ।

टीभीएसको पर्व अफर योजना अन्तरगत खरिद गर्नु पूर्व (प्रि पर्चेज ) मा कुपन स्क्र्याच गर्दा ६ हजार रुपैयाँ छुट पाएका खड्काले खरिद पश्चातको लक्की ड्र मा पुरै पैसा फिर्ता पाएका हुन ।

‘सो रुमबाट सुरुमा तपाईलाई क्यास व्याक अफरमा स्कुटर पर्यो भनेर फोेन आउँदा विश्वास लागेको थिएन’ खड्काले भने, ‘अहिलेसम्म परेको थिएन पुरै क्यास ब्याकसहित सित्तैमा स्कुटर पाउँदा खुसी लागेको छ ।’

टीभीएसले सुरु गरेको अफरमा पूर्वमा पुरै पैसा फिर्तासहित सित्तैमा स्कुटर परेको पहिलो पटक भएको श्री अटो लिंकका सञ्चालक त्रिभुवन मैनालीले बताए ।

‘अहिलेसम्म स्क्र्याच मार्फत बिर्तामोडमा १५ हजार रुपैयाँसम्म मात्र पर्देै आएको थियोे’ सञ्चालक याम कार्कीले भने, ‘खड्काले सित्तैमा स्कुटर पाउँदा हामी पनि सुसी छौँ ।’

‘टीभीएसको अफरमा मोटरसाइकल वा स्कुटी खरीद गर्नु अघि नै घरमै बसेर एक हजारदेखि एक लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिन्छ’, अर्का सञ्चालक विपिन बस्नेतले भने, ‘खरीद गरिसकेपछि पुनः लक्की ड्र मार्फत् शतप्रतिशत क्यास ब्याक पाउन सकिन्छ ।’

टीभीएसले गत भदौ ६ गतेदेखि लागू भएको यो अफर छठ पर्वसम्म रहनेछ । टिभीएसले बिर्तामोडमा एक्स्चेन्ज अफर पनि ल्याएको छ । पुरानो गाडीको उचित मूल्याकंन गरी नयाँको खरीदमा नगद छुट र फाइनान्सको समेत सुविधा रहेको सञ्चालक शिवाकोटीले बताए ।

फूल अप्सन रहेको टीभीएसको एनट्रक स्कुटीमा मोबाइल चार्जर, कलर आइडी, ब्लुतुथ, अटो चोक, जीपीआरए कनेक्सन लगायतका सुविधा रहेको जानकारी दिइयो ।

प्रतिलिटर ४५ किलोमिटर माइलेज दिने एनट्रक स्कुटर सन् २०१८ मा भारतमा स्कुटर अफ द एयर उपाधी प्राप्त गर्न सफल स्कुटर हो ।