वडाध्यक्ष नेम्बाङलाई पत्नीशोक

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शेरबहादुर नेम्बाङलाई पत्नीशोक परेको छ ।

वडाध्यक्ष नेम्बाङकी श्रीमती सीताको ६४ वर्षको उमेरमा शनिबार साँझ ६ :३० बजे निधन भएको हो ।

लामो समयदेखि उपचाररत उनको हल्दिबारी ५ स्थित नीजि निवासमै निधन भएको उनका ज्वाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हल्दिबारीका अध्यक्ष याम राईले जानकारी दिए ।

गत जेठ ८ गते उनको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो । ट्युमरको शल्यक्रियापछि क्यान्सरको रिपोर्ट आएपछि डाक्टरले उनलाई बिदा दिएको बताइएको छ ।

उनका दुई छोरा र चार छोरी छन् । उनको असोज १२ गते आइतबार परम्परा अनुसार अन्तेष्टि गरिने पारिवारले जनाएको छ ।