हाम्रो नेपाल साकोसको साधारणसभा सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  


बिर्तामोड / राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेतीले राष्ट्र बैंकले सन्दर्भ व्याजको विषय ल्याएर सहकारीलाई समस्यामा पार्न लागेको बताएका छन् ।

हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिको ७ औँ वार्षिक साधारणसभाको बिर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष उप्रतीले सो कुरा बताएका हुन् ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सन्दर्भ व्याजको विषय उठेको छ, त्यो लागु भए सहकारीलाई मार्का पर्छ उनले भने ।

उनले सबै शेयर सदस्यलाई ढुक्क भएर सहकारीमार्फत वित्तीय कारोबार गर्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोखरेलले सहकारीले राजनीतिक बाहेक अन्य धेरै संगठनको नेतृत्व गर्ने भएकाले सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

निवर्तमान अध्यक्ष पोखरेलले सहकारीले अब समयसापेक्ष रुपमा मर्जमा जानू पर्ने अवस्था आएको बताए । १० वर्षभित्र भएका सहकारी मर्ज गरेर ५ हजार मात्र बनाउने अभियानको नेतृत्व सहकारी महासंघले गरिरहेको उनले जानकारी दिए ।

साधारणसभाको अवसरमा संस्थाले सहकारी बैँकका पूर्व अध्यक्ष पोखरेललाई सहकारी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सहकारी अभियन्ताको रुपमा सम्मान गरेको थियो । सो अवसरमा संस्थाले २०७५ सालको एसएईईमा उत्कृष्ट अंक ल्याउने छात्र/छात्रा रोहित धौराली र एलिसा भूर्तेललाई नगदसहित प्रसंशापत्र प्रदान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट बाल सदस्यको रुपमा बिकिता खरेल, अंकुस बस्नेत र निहा साहलाई पनि पुरस्कृत गरियो । त्यसैगरी उत्कृष्ट बचतकर्ता उत्तम शिवाकोटी, चन्द्रकला खबास र साबित्राकुमारी सुडी, उत्कृष्ट उद्यमीको रुपमा तिर्था दर्जी, लेखराज सिटौला र अमरजित ठाकुरलाई पुरस्कृत गरियो ।

कार्यक्रममा मोरङ जिल्ला सहकारी संघका उपाध्यक्ष विजय माझी, गौरब सहकारी संस्थाका रमेश गुरागाईं, बिर्तामोड नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, भिजन सहकारी संस्थाका राजु आचार्य, जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल लगायतले संस्थाले गरेको वित्तीय प्रगतिको प्रसंशा गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव विपी लामिछानेले गरेका थिए ।

हाम्रो नेपाल साकोसले वार्षिक प्रगति प्रतिवेदन शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । प्रतिवेदनका अनुसार सहकारीले यो वर्ष ५ करोड १२ लाख ५ हजार ६०० रुपैयाँ शेयरपँुजी पु¥याउन सफल भएको छ । झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा ५ हजार ९४६ जना सदस्य छन् भने ८५ जना कर्मचारी कार्यरत छन् ।

संस्थाको सञ्चालन नाफा ५६ लाख ८६ हजार ७७७ रुपैयाँ रहेको अध्यक्ष दंगालद्धारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

हाल सहकारीको निक्षेप बचत २४ करोड ४५ लाख ११ हजार ४१२ रुपैयाँ रहेको छ । लगानी ३३ करोड ८८ हजार ६५५ छ । संस्थाले गौरादहको विकल्प उपभोक्ता सहकारी संस्थासँग एकीकरण गर्ने साधारणसभामा जानकारी दिइयो ।