हाम्रो नेपाल साकोसले गर्यो ४४ हजार रुपैयाँ ऋण मिनाहा

  •  
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड / हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले बिर्तामोड सेवा केन्द्रका सदस्य लिला सिहंको नाममा रहेको ४३ हजार ७१० रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालसहित सञ्चालक र कर्मचारीहरु आज सिहं परिवारको घरमा पुगेर कर्जा मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् । हाम्रो नेपालका सदस्य तथा ऋणि सिहंका पति बिन्देको गत जेष्ठ २७ गते निधन भएको थियो ।

संस्थाले सामाजिक सहयोग अन्तरगत सदस्यको एकाघर परिवारको निधनमा काजकिरिया खर्च तथा मृत्यु राहत प्रदान गर्ने नीति बनाएको छ ।

सोही नीति अन्तरगत सिहंको नाममा रहेको बक्यौता ऋणमध्ये ४३ हजार ७१० रुपैयाँ मिनाहा गरिदिएको अध्यक्ष दंगालले बताए ।

संस्थासँग नियमित एवम् स्वच्छ कारोबार गर्ने सदस्य तथा ऋणि लिलाले लिएको कर्जा नियमित बुझाउँदै आएकी थिइन । पति वियोगमा रहेकी लिलालाई सान्त्वनासहित बाँकी कर्जा मिनाहा गरिदिने बारे गत असार २८ गतेको सञ्चालक समिति बैठकमा निर्णय भएको जनाइएको छ ।

उक्त ऋण मिनाहा कार्यक्रमको सञ्चालन बिर्तामोड सेवा केन्द्रका प्रमुख गोपाल मिश्रले गरेका थिए ।