६ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  

धरान / प्रहरीले ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ ।

भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताए ।

कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका हुन । छोरीलाई बलात्कार गरेको थाहा भएपछि बालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी दिए लगत्तै प्रहरीले आरोपी बाबुलाई लुकिछिपी बसेको अवस्थामा धरानबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए ।