७३औं स्वतन्त्रता दिवसमा भारतीय दुतावासले ग¥यो ३० एम्बुलेन्स ६ बस नेपाललाई हस्तान्तरण

  •  
  •  
  •  
  •  
  •  
  •  


झापा / भारतीय दुतावासले बिहीबार भारतको ७३ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारत सरकारले नेपालका विभिन्न अस्पताल, गैर नाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरे ।

पुरीले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण गरे ।

भारत सरकारले ३ परिवारलाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ ।

यस्तै, दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग उपलब्ध गराएको छ ।