• September 29, 2020

लकडाउनमा थप कडाई, हल्दिबारी १ गोलधाप पुरै शिल

 लकडाउनमा थप कडाई, हल्दिबारी १ गोलधाप पुरै शिल
मनपरे शेयर गरौ ! 


गोलधाप / छिमेकी गाउँपालिका बाह्दशीमा एक व्यक्तिलाई कोरोना संक्रमण भएपछि हल्दिबारी १ गोलधापले आफ्नो वडा पूर्ण रुपमा शिल गरेको छ ।

गत मंगलबारदेखि आउँदो शनिबारसम्म वडानम्बर १ पूर्ण रुपमा शिल गर्ने निर्णय गरिएको वडाध्यक्ष त्रिलोचन सापकोटाले बताए । बैशाख १५ गते वडाकार्यालयमा बसेको बैठकले लकडाउनमा थप कडाई गर्न वडा शिल गर्ने निर्णय गरिएको हो ।

१ नम्बर वडाको पूर्वतर्फ हल्दिबारी २ र ५ पश्चिमतर्फ बाह्दशी गाउँपालिका, उत्तरतर्फ बिर्तामोड १० र बाह्दशी ५ र दक्षिणतर्फ बाह्दशी ३ को नाकामा थप कडाई गरि आवत जावत बन्द गर्ने निर्णय गरेको छ । निगरानीका लागि वडाले निर्माण गरेको स्वयंसेवक र प्रहरी परिचालन गरिएको छ ।

बैठकले सरकारी कार्यालयमा सेवाग्रही प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धोएर मात्र प्रवेश दिइने, बजारका सम्पूर्ण पसल बन्द गर्ने, आवश्यकीय सामग्री खरिद गर्नु परे वडास्तरीय स्वयंसेवक संयोजकको सिफारिसमा वडा कार्यालय वा प्रहरीलाई सम्पर्क गरेर मात्र खरिद गर्न पाइने, गर्भवती महिलाहरुको चेकजाँच, आइरन चक्की , परिवार नियोजनका साधन लगायतका औषधि टोलका स्वयंसविका मार्फत वितरण गर्ने निर्णय गरेको छ ।

मनपरे शेयर गरौ ! 

Related post