• November 28, 2020

२० गते फेरि बस्ने गरि नेकपा सचिवालय बैठक सकियो

 २० गते फेरि बस्ने गरि नेकपा सचिवालय बैठक सकियो
मनपरे शेयर गरौ ! 

काठमाडौँ / सत्तारुढ नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी भित्रको आन्तरिक समस्या र स्थायी कमिटीका २० सदस्यले माग गरेको स्थायी कमिटी बैठक बारेमा छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो । 

पार्टीलाई एकताबद्ध बनाएर लैजाने, जनताले दिएको म्याण्डेडको पालना गर्ने लगायतका विषयमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठक र अरु निर्णय पनि गर्ने बताए ।

मनपरे शेयर गरौ ! 

Related post