• October 1, 2020

अभिनेता ऋषि कपूरको निधन

 अभिनेता ऋषि कपूरको निधन
मनपरे शेयर गरौ ! 

मुम्बई / बलिउडका अभिनेता ऋषि कपूरको उपचारका क्रममा निधन भएको छ । ६७ वर्षको उमेरमा बिहीबार कपुरको निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका कपुरको स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् ।

त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । एजेन्सी

मनपरे शेयर गरौ ! 

Related post