• October 1, 2020

नेपालमा ५९ जनामा कोरोना संक्रमण, उपचारपछि १६ जना घर फर्किए

 नेपालमा ५९ जनामा कोरोना संक्रमण, उपचारपछि १६ जना घर फर्किए
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । १६ जना निको भएर घर फर्किइसकेका छन् ।

शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।
रुपेन्देहीका युवाको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

मनपरे शेयर गरौ ! 

Related post