• June 4, 2020

हल्दिबारीको सरस्वतीका विद्यार्थीलाई घरमै मार्कसिट

 हल्दिबारीको सरस्वतीका विद्यार्थीलाई घरमै मार्कसिट
मनपरे शेयर गरौ ! 


हल्दिबारी / झापाको हल्दिबारी २ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई आजदेखि घरमै पुगेर प्रगति बिवरण प्रमाण पत्र (मार्कसिट) वितरण गरिएको छ ।

लकडाउनका कारण विद्यालय बन्द भएको अवस्थामा घरमै गएर सामाजिक दुरी कायम गर्दै मार्कसिट प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडासदस्य खकेन राजवंशीले बताए ।

कक्षा नर्सरी देखि ७ सम्मका विद्यार्थीको घरघर र टोल टोलमा गई सामाजिक दुरी कायम गर्दै प्रमाण पत्र, प्रत्येक विद्यार्थीलाई एक महिन सम्मको गृहकार्यको लागि प्रश्न पत्र, कापी, पेन्सल, इरेजर, सार्पनर र माक्स वितरण गरिएको राजवंशीले जानकारी दिए ।

गाउशिक्षा समितिले विद्यार्थीको नतिजा प्रकाशित गर्ने निर्णय गरेपछि सो विद्यालयका विद्यार्थी इन्टरनेटको पहुँचमा नहुनसक्ने भएकोले घरमै गएर सेनिटाइजरको प्रयोग गरेर सामाजिक दुरी कायम गर्दै रिजल्ट हस्तान्तरण गरेको बताइएको छ । वितरण कार्य दुई तीन दिन भित्र सकिने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post