• September 28, 2020

लकडाउनमा पावरटेलरले खेत जोत्दै हल्दिबारीका कृषक

 लकडाउनमा पावरटेलरले खेत जोत्दै हल्दिबारीका कृषक
मनपरे शेयर गरौ ! 


हल्दिबारी / नेपाल लगायत विश्व कोरोना भाइरस ले त्रसित भएको बेला हल्दिबारीका कृषक पावरटेलरले खेत जोतेर कोसेबाली लाउने तयारीमा छन् ।


१३१ औ श्रमिक दिवसका दिन हल्दिबारी ३ का कृषक रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिष्णु ओलि करेसाबारी जोतेर कोसेबाली लाउने तयारी गर्दै छन ।


गाउँपालिका र कृषकको ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तर्गत वितरण गरेको पावरटेलर प्रयोग गरेर उनले १० कठ्ठा भन्दा बढी जग्गामा कोसेबाली लाउने तयारी गरेको स्थानीय अभिषेक खतिवडाले बताए ।


मौसमले साथ दिएपछि लकडाउनको सदुपयोग गर्दै ग्रामिण भेगका कृषक धमाधम कृषि कार्यमा व्यस्त छन् ।

मनपरे शेयर गरौ ! 

Related post