• September 25, 2020

कुवेतमा ७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण

 कुवेतमा ७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण
मनपरे शेयर गरौ ! 


झापा / कुवेतमा थप ११ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएपछि संक्रमितको संख्या ७५ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ११ जना नेपालीसहित ३ सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त देशमा हरेक दिनजसो नेपालीको संक्रमण बढ्दै गइरहेको छ ।

हालसम्म ४ हजार ३ सय ५७ जना पुगेको छ । जसमा १६ सय २ जना निको भएर घर फर्किएको बताइएको छ । कुबेतमा कोरोना भाइरसका कारण ३० जनाको मृत्यु भएको छ । ७० जनाको अवस्था जटिल छ ।

मनपरे शेयर गरौ ! 

Related post