• October 1, 2020

राष्ट्रपति भण्डारीद्वारा संसद्को बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान

 राष्ट्रपति भण्डारीद्वारा  संसद्को बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान
मनपरे शेयर गरौ ! 

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।

आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेस गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

मनपरे शेयर गरौ ! 

Related post