• September 30, 2020

१५ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका सिल

 १५ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका सिल
मनपरे शेयर गरौ ! 


नेपालगञ्ज / नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढेपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । सङ्क्रमितको संख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पूरै पालिकालाई सिल गरेको छ।

नेपालगञ्जमा आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ । उाका अनुसार सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेका छन् ।

प्रजिअ खड्काका अनुसार उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमका बारेमा निर्णय हुनेछ । उनले कोरोना सङ्क्रमणको जोखिम हुन नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गरेका छन् । लकडाउनको ३८ औँ दिन नेपालगञ्जमा सङ्क्रमण देखिएको थियो ।

नेपालगन्ज–८ स्थित जोलाहनपूर्वा्स्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति)मा पहिलो पटक सङ्क्रमण पुष्टि भएको हो । मोअज्जीनलाई कोरोना देखिएपछि पूरै टोललाई सिल गरेर गत शनिबार ९० जनाको स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोना सङ्क्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । आइसोलेसन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा सङ्क्रमित भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post