• November 28, 2020

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार नाघ्यो

 कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार नाघ्यो
मनपरे शेयर गरौ ! 

जेनेभा / कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ३ हजार ४८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको थियो ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १७४, स्पेनमा १६४, फ्रान्समा १३५ र बेलायतमा ३१५ जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा पनि मृत्युदरमा कमी आएर १ हजार १५४ जनाको मृत्यु भएको छ । अघिल्लो यहाँ १ हजार ६९१ जनाको मृत्यु भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post