• September 25, 2020

श्रीमतीको हत्या गरि कान्छि साली भित्र्याउन खोज्ने श्रीमान प्रहरीको फन्दामा

 श्रीमतीको हत्या गरि कान्छि साली भित्र्याउन खोज्ने श्रीमान प्रहरीको फन्दामा
मनपरे शेयर गरौ ! 


जनकपुरधाम / कान्छी सालीसँग दोस्रो विवाह गर्नका लागि धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ । हत्या गरेर सामुदायिक वनमा श्रीमतीको शव गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । चौहानले श्रीमतीलाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घुमाउन लैजाने बहानामा हत्या गरेको प्रहरीले जनाएको छ ।

शाख १८ गते नै हरिले बिणाको सलले घाँटी थिची हत्या गरेको प्रहरीलाई बयान दिएका थिए । हत्यापछि श्रीमतीलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेको बताइएको छ ।

वीणाका बाबुले छोरी हराएको भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजी गरेको थियो । खोज गर्ने क्रममा अनुसन्धानका लागि हरिलाई नियन्त्रणमा लिएपछि हत्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाइ छ । हत्या गरेको पुष्टि भएपछि हरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

हरिले आफ्नै कान्छी सालीसँग प्रेम सुरु गरेका थिए । श्रीमतिलाई पन्छाएपछि मात्रै सालीलाई भित्र्याउन पाइने भएपछि उनले वीणाको हत्या गरेको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post