• October 1, 2020

ड्युटी गरिरहेका प्रहरी हवल्दारको मृत्यु

 ड्युटी गरिरहेका प्रहरी हवल्दारको मृत्यु
मनपरे शेयर गरौ ! 


झापा / सप्तरीमा ड्युटी गरिरहेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको ड्युटीकै अवस्थामा एक्कासी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार बिहान ३७ वर्षीय मगरको एक्कासी मृत्यु भएको बताइएको छ ।

मृतक प्रहरी हबल्दार उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

मनपरे शेयर गरौ ! 

Related post