• October 1, 2020

केमिकल प्लान्टको ग्यास लिक हुँदा भारतमा ८ जनाको मृत्यु

 केमिकल प्लान्टको ग्यास लिक हुँदा भारतमा ८ जनाको मृत्यु
मनपरे शेयर गरौ ! 

काठमाडौं / भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरीले आसपासका ५ गाउँ खाली गरेको छ । उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ । धेरै मानिसले आँखा पोल्ने र सास लिन गाह्रो भइरहेको बताएका छन् ।

विशेषगरी बृद्ध र साना बालबालिकामा श्वासप्रश्वासको समस्या देखिएको बीबीसीले जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post