सप्तरी / हात्तीको आक्रमणबाट सप्तरीमा एक महिलाको ज्यान गएको छ । शम्भुनाथ नगरपालिका-२ की ३८ वर्षीया जानकी मगरको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा हात्ती प्रवेश गरेपछि जानकी श्रीमान पेशलसँगै भोगेकी थिइन् । भाग्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको श्रीमान पेशलले बताए ।
हात्ती आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।